Logo
Logo

कर्णालीले टस जित्यो, चितवनले पहिले ब्याटिङ गर्ने


315
Shares

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा पहिले चितवन राइनोज ब्याटिङ गर्ने भएको छ । कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा कर्णाली याक्सले टस जितेर पहिले बलिङ रोजेपछि चितवनले ब्याटिङ गर्ने भएको हो ।

लगातार दुई खेल जितेको चितवनविरुद्ध पहिलो जित निकाल्ने लक्ष्यमा कर्णाली छ । कर्णाली यसअघिका दुवै खेलमा पराजित भएको थियो ।

कर्णाली याक्सको प्लेइङ ११ मा शिखर धवन, देव खनाल, चाडविक वाल्टन, विलियम बोसिस्टो, जिसान मक्सुद, अर्जुन घर्ती, गुल्सन झा, सोमपाल कामी, नन्दन यादव, विपिन प्रसाद शर्मा, युनिश सिंह ठकुरी रहेका छन् ।

त्यस्तै चितवन राइनोजको प्लेइङ ११ मा दीपक बोहरा, कुशल मल्ल, जान निकोल लफ्टी इटन, रवि बोपारा, लुक बेन्केन्सटेइन, सन्तोष कार्की, शरद भेषावकर, अमर सिंह राउटेला, रिजन ढकाल, रन्जित कुमार, सोहेल तनविर छन् ।

प्रतिक्रिया दिनुहोस्