
काठमाडौं । नेपाल प्रिमियर लिग(एनपिएल) मा चितवन राइनोजले जितका लागि कर्णाली याक्सलाई १३१ रनको लक्ष्य दिएको छ । आजको पहिलो खेलमा कीर्तिपुरस्थित टियु मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ३१ रन बनाएको हो ।
कर्णालीका लागि रवि बोपारले सर्वाधिक ५९ रन जोडे । उनले ४० बलमा ७ चौका र १ छक्काका प्रहार गरेका थिए । उनले लिगमा लगातार दोस्रो अर्धशतक ३५ बलमा पूरा गरेका थिए । कप्तान कुशल मल्लले २३ र विपिन रावलले ११ रन जोडे ।
बाँकीले दोहोरो अंकमा रन बनाउन सकेनन् । बलिङमा कर्णाली याक्सका युवा बलर विपिन प्रसाद शर्माले सर्वाधिक ३ विकेट लिए । उनले ४ ओभरमा २१ रन खर्चिए । जिसान मक्सुले ४ ओभरमा २२ रन खर्चेर २ विकेट लिए ।














