Logo
Logo

सुदूरपश्चिमले जनकपुरलाई दियो १२४ रनको लक्ष्य


252
Shares

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा सुदूरपश्चिम रोयल्सले जनकपुर बोल्ट्सलाई १२४ रनको लक्ष्य दिएको छ ।
जनकपुरले टस जितेर पहिले फिल्डिङ रोजेपछि ब्याटिङमा आएको सुदुरले ९ विकेट गुमाएर १२३ रन बनाएको हो ।

जनकपुरका किशोर महतोले १७ ओभरमा तीन विकेट र १९ ओभरको पहिलो बलमा थप एक विकेट लिएपछि सुदुरपश्चिम सस्तैमा समेटिन पुग्यो ।

सुदुरका लागि विनोद भण्डारी ३३, सैफ जेव २१, ब्राण्डेन म्याकलेन ११, स्कट कुगेलेइन७, आरिफ शेख ६, नरेन साउद तीन, हर्मित सिंह एक, दिपेन्द्रसिंह ऐरी शून्यमा आउट भए । जनकपुरका लागि शेर मल्ल, अर्निको यादव समान दुई दुई, हर्ष थाकर, एक विकेट लिए ।

प्रतिक्रिया दिनुहोस्