Logo
Logo

गढीमाई मेलामा ५ सय सशस्त्र प्रहरी परिचालन


756
Shares

काठमाडौं । बाराको गढीमाई मेलामा ५ सय सुरक्षाकर्मी परिचालन भएका छन् । महागढीमाई नगरपालिका–१ स्थित गढीमाई मन्दिरमा मंसिर १ गतेदेखि सुरु भएको ‘पञ्चवर्षीय मेला–२०८१’ सुरक्षित एवं भयरहीत वातावरणमा सम्पन्न गराउन पाँच सय सशस्त्र प्रहरी खटाइएको हो ।

३० गतेसम्म संचालन हुने मेलाका लागि १२ गण बाराका सशस्त्र प्रहरी उपरीक्षक सन्तोषबहादुर सिंहको कमाण्डमा पाँच सय सशस्त्र प्रहरी २४ सै घण्टा परिचालित गरिएको सशस्त्रका नायब महानिरीक्षक कुमार न्यौपानेले जानकारी दिए ।

त्यस्तै सशस्त्र प्रहरी नायव उपरीक्षक रविन सिलवालको कमान्डमा मेला अवधिभरको लागि मेलास्थलमा कमान्ड पोस्ट स्थापना गरिएको छ । भीड व्यवस्थापन र निगरानी गर्न ड्रोनको प्रयोग गरिएको छ भने मेला परिसरमा रहेको पोखरीमा अप्रिय घटना नघटोस् भनेर विपद् व्यवस्थापन तालिम प्राप्त टोली रबर बोटसहित २४ सै घण्टा तैनाथ छ ।

उक्त मेलामा ठुलो सङ्ख्यामा भक्तजनहरूको उपस्थिति हुने भएकोले सशस्त्र प्रहरीले मेला सुरक्षा योजना नै बनाएर उच्च सतर्कता अपनाएको हो । सुरक्षा व्यवस्था थप मजबुत बनाउन मेला अवधिभर परिचालित रहने सशस्त्र प्रहरका प्रवक्ता नायब महानिरीक्षक कुमार न्यौपाने जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्