काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)अन्तरगत आजको पहिलो खेलमा लुम्बिनी लायन्स र कर्णाली याक्स भिड्दैछन् ।
अहिले केहीबेरपछि त्रिवि क्रिकेट मैदानमा सुरु हुने खेलमा लुम्बिनीले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको छ ।

लुम्बिनीका लागि आजको खेल प्रतिष्ठाका लागि मात्रै हुनेछ । लुम्बिनी एनपीएलको प्लेअफ होडबाट बाहिरिसकेको छ ।














