Logo
Logo

पोखराविरूद्ध काठमाडौंले पहिले बलिङ गर्दै


252
Shares

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा आजको पहिलो खेलमा काठमाडौं गुर्खाजले पोखरा एभेन्जर्सविरूद्ध पहिले बलिङ गर्ने भएको छ । त्रिवि मैदान कीर्तिपुरमा काठमाडौंले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको हो ।

पोखराविरूद्धको खेलमा काठमाडौंले २ परिवर्तन गरेको छ । पोखराले आजको खेलमा तीन परिवर्तन गरेको छ । प्लेअफ सम्भावलाई जिवित राख्न दुवै टोलीलाई आजको खेल महत्वपूर्ण हुनेछ । अंक तालिकामा नेट रन रेटका आधारमा काठमाडौं गुर्खाज पोखराभन्दा एक स्थान अगाडि छ । पाँचमा तीन खेल हार र दुई जित निकालेको दुवै टिमको ४-४ अंक छ ।

पोखराविरूद्धको खेलमा जित निकाल्न सके ६ अंक हुनेछ र तालिकाको चौथो स्थानमा रहेको चितवन राइनोजसँग समान अंक बनाउनेछ । उसले अन्तिम खेल विराटनगरसँग खेल्नेछ ।

पोखरा एभेन्जर्सका लागि आजको खेल प्लेअफ सम्भावनालाई बरकरार राख्ने अवसर हुनसक्छ । उसको अन्तिम खेल लिगमा अहिलेसम्म बलियो मानिएको सुदूरपश्चिमसँग रहेकाले आज जितले अन्तिम खेलका लागि उत्साह थप्न सक्छ ।

प्रतिक्रिया दिनुहोस्