काठमाडौं । हिमालयन बैंक लिमिटेडले आर्थिक वर्ष २०८०/८१ को वित्तीय विवरण अनुसार लाभांश नदिने भएको छ ।

बैंक सञ्चालक समितिको १ पुसमा बसेको ४६३औं बैठकले आर्थिक वर्ष २०८०/८१ को वित्तीय विवरण अनुसार कुनै पनि लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।
सञ्चालक समितिले सोही बमोजिम नेपाल राष्ट्र बैंकमा वित्तीय विवरण स्वीकृतिका लागि पेस गर्ने र स्वीकृति प्राप्त भएपछि उक्त वित्तीय विवरण बैंकको आगामी वार्षिक साधारणसभामा पेस गरिने छ ।











