Logo
Logo

रवि लामिछानेविरुद्ध शुक्रबार मुद्दा दायर हुने, आइतबारदेखि थुनछेक बहस


1.4k
Shares

काठमाडौं । जिल्ला सरकारी वकिल कार्यालय, कास्कीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्ध शुक्रबार अदालतमा मुद्दा दायर गर्ने तयारी गरेको छ ।

मंगलबार थप चार दिन हिरासतमा राख्न अनुमति पाएपछि प्रहरीले बुझाएको राय प्रतिवेदनलाई अध्ययन गरेर सरकारी वकिल कार्यालयले शुक्रबारभित्रै अभियोजन दता गर्ने तयारी गरेको हो । प्रहरीले रविमाथि सहकारी ठगी, सङ्गठित अपराध एवं सम्पत्ति शुद्धीकरणमा मुद्दा चलाउन राय दिएको छ ।

पछिल्लो समय आठौं पटक थएिको रविको म्याद ५ गते सकिँदैछ । त्यसैले सरकारी वकिलले शुक्रबारभित्रै अभियोगपत्र दायर गरिसक्नुपर्ने छ । हाल प्रतिवेदन अध्ययनकै कैममा रहेको र शुक्रबारभित्र मुद्दा दायर गरी आइतबारदेखि थुनछेक बहस सुरु हुनसक्ने सरकारी वकिल कार्यालयका एक अधिकारीले बताए ।

प्रहरीले अनुसन्धान थालेको ९० दिनभित्र मुद्दा दायर गरिसक्नुपर्ने कानूनी प्रावधान छ । सोहीअनुसार ९० दिनमै अभियोजन हुन लागेको हो । प्रहरीले रविसँगै पूर्वडीआईजी छविलाल जोशीसहित जीबी ग्रुपका अन्य कर्मचारी एवं सहकारीसँग जोडिएका ५१ जनालाई समेत मुद्दा चलाउन सिफारिस गरेको छ ।

प्रतिक्रिया दिनुहोस्