Logo
Logo

हिमालयन एयरलाइन्सको विमान मस्कटमा आकस्मिक अवतरण


3.8k
Shares

काठमाडौं । कुवेतबाट काठमाडौं आउँदै गरेको हिमालयन एयरको विमान मस्कटमा आकस्मिक अवतरण गरिएको छ ।

कुवेतबाट काठमाडौं आउँदै गरेको विमानमा रहेका यात्रुको स्वास्थ्यमा समस्या देखिएपछि मस्कटमा आकस्मिक अवतरण गरिएको हो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता रिन्जी शेर्पा शेर्पाले विमानमा रहेका यात्रुको स्वास्थ्यमा समस्या देखिएपछि मस्कटमा आकस्मिक अवतरण गरिएको जानकारी दिए ।

उनले भने, ‘कुवेतबाट काठमाडौं आउँदै गरेको विमानमा मेडिकल इमरजेन्सी परेको भन्दै मस्कटमा आकस्मिक अवतरण गरिएको भने जानकारी आएको छ । अहिले विमान मस्कटबाट नेपाल आउँदै छ । तर यात्रुको स्वास्थ्यको बारेमा जानकारी छैन ।’

दृष्टि न्युज

तपाईंको दृष्टिकोण

यस समाचारमा आफ्नो प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल सार्वजनिक गरिने छैन । प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ ।

0 / 2000