Logo
Logo

मधेशी दलबीच वार्ता गर्न लोसपाद्वारा समिति गठन


1.8k
Shares

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)नेपालले मधेशी दलबीच सहकार्य र एकता गर्न वार्ता समिति गठन गरेको छ ।

लोसपाले जितेन्द्र प्रसाद सोनारको नेतृत्वमा राजनीतिक अधिकार प्राप्तिको लागि संघर्षशील राजनीतिक शक्तिहरूबीच संवाद, सहकार्य र कार्यगत एकता आजको आवश्यकता भन्‍दै वार्ता समिति बनाएको हो ।

वार्ता समितिमा जितेन्द्रसँगै उमाकान्त झा, रामप्रकाश चौधरी, सुरेन्द्र कुमार झा र मनिष कुमार मिश्र रहेका छन् । लोसपा अध्यक्ष महन्थ ठाकुरद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘ ..मधेश केन्द्रित पार्टीहरू बीच संवाद , सहकार्य, कार्यगत एकता एवं राजनीतिक मुद्दा र सिद्धान्त मिल्‍ने गरी पार्टी एकीकरण गर्ने सम्‍मको सम्भावनाको खोजी तथा परिणाम मुखी बनाउनको लागि तपशील बमोजिमको समिति लोसपाले गठन गरेको व्‍यहोरा जानकारी गराउँदछु ।’

दृष्टि न्युज

तपाईंको दृष्टिकोण

यस समाचारमा आफ्नो प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल सार्वजनिक गरिने छैन । प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ ।

0 / 2000