Logo
Logo

माओवादीले ‘जनतासँग माओवादी’ अभियान चलाउने


378
Shares

काठमाडौं । नेकपा (माओवादी केन्द्र) ले ‘जनतासँग माओवादी’ अभियान चलाउने भएको छ।

पार्टीको तीन दिनसम्म चलेको बैठकले उक्त निर्णय गरेको पार्टीका प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए ।

उनले भने, ‘पार्टीले सुरूको ६ महिना अभिायन र अभियानको ६ महिनापछि महाधिवेशनमा जाने निर्णय गरेको छ, उक्त अभियान जनतासँग माओवादी भन्ने नारासहित चलाउने निर्णय भएको छ ।’

जनतासँग माओवादी भन्ने अभियान समाजवादका लागि एउटा कोशेढुंगा हुने विश्वास गरिएको उनले बताए ।

संविधान संशोधनका विषयमा समेत बैठकमा गम्भिर छलफल भएको उल्लेख गर्दै संविधान संशोधनभन्दा कार्यान्वयनको पक्षमा जानुपर्ने पार्टीको धारणा भएको बताए।

दृष्टि न्युज

तपाईंको दृष्टिकोण

यस समाचारमा आफ्नो प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल सार्वजनिक गरिने छैन । प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ ।

0 / 2000