Logo
Logo

कांग्रेसका मन्त्रीहरू देउवा निवासमा


1.4k
Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारमा सहभागी नेपाली कांग्रेसका मन्त्रीहरु पार्टी सभापति निवास बुढानिलकण्ठ पुगेका छन् ।

सभापति शेरबहादुर देउवाले सरकारका काम कारबाहीबाररे छलफल गर्न बोलाएपछि उनीहरु केहि बेरअघि देउवानिवास बुढानिलकण्ठ पुगेका हुन् । पार्टीका मन्त्रीले ६ महिनामा गरेको कामको प्रगति विवरण र समस्याबारे ब्रिफिङ गर्न देउवाले उनीहरूलाई बोलाएको उनका स्वकीय सचिव भानु देउवाले जानकारी दिए ।

सरकारमा कांग्रेसतर्फबाट १० जना मन्त्री र दुई राज्यमन्त्री छन् । उनीहरूको कामका विषयमा गुनासो बढेपछि देउवाले छलफलका लागि बोलाएका हुन् । बैठकमा प्रतिनिधिसभा र राष्ट्रियसभा संसदीय दलका प्रमुख सचेतक र सचेतक पनि सहभागी छन् ।

दृष्टि न्युज

तपाईंको दृष्टिकोण

यस समाचारमा आफ्नो प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल सार्वजनिक गरिने छैन । प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ ।

0 / 2000