Logo
Logo

रोजगारी दिने काम सरकारको होइन, निजी क्षेत्रको होः गगन थापा


1.1k
Shares

काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री गगन थापाले रोजगारी दिने कार्य सरकारको नभई निजी क्षेत्रको भएको बताएका छन् ।

बिहीबार नवलपरासीस्थित आदर्श क्याम्पस भवनको शिलन्यास कार्यक्रममा महामन्त्री थापाले नेपालमा वर्षको करिब पाँच लाखलाई रोजगारी दिनुपर्नेमा सरकारको तर्फबाट २० हजार बढीले काम नपाउने दाबी गरे ।

उनले भने, ‘४ लाख ८० हजार मानिस बाँकी रहन्छ। काम कहिल्यै पनि सरकारले दिन सक्दैन । काम भनेको जहिले पनि निजी क्षेत्रले दिन्छ,’ थापाले भने,‘संसार भरी यही हो । सरकारले काम दिन्छु काम दिन्छु भनेको कसैले नपत्याउनुस्।’ सरकारले रोजगारी सिर्जनाका लागि वातावरण बनाउने उनले बताए।

दक्ष जनशक्ति हुन उत्पादन नहुँदा रोजगारी प्राप्त नहुने समस्या रहेको उनले सुनाए । बजारलाई आवश्यक दक्ष जनशक्ति उत्पादन गर्नुपर्ने थापाले बताए ।

‘एकै दिनको समाचार कस्तो आउँछ हेर्नुस् त। एउटा समाचारले भन्छ, दुई हजार मान्छेले नेपाल छोडेर बाहिर गए भन्छ,’ थापाले भने,‘अर्को समाचारले भन्छ, आफ्नो उद्योगमा काम गर्ने श्रमिकहरु नपाएर उद्योगीहरु प्रधानमन्त्रीकहाँ गएर डेलिगेशन गएर मैले श्रमिक पाइन भनेको समाचारले भन्छ। अर्को समाचारले के भन्छ, भारतले सबैभन्दा बढी आफ्नो श्रमीकबाट आम्दानी गर्ने टप दश देशमध्ये नेपाल पनि निरन्तर पर्छ भन्छ।’

प्रतिक्रिया दिनुहोस्