
काठमाडौं । महिला यू–१९ टी–२० क्रिकेट विश्वकप अन्तर्गत नेपालले आज मलेसियासँग प्रतिस्पर्धा गर्दैछ । मलेसियामा जारी खेल अपराहन्न सवा १२ बजेदेखि शुरू हुनेछ ।
यसअघि समूह चरणमा बाहिरिएका नेपाल र आयोजक मलेसिया १३औ देखि १६औं स्थानसम्मको प्लेअफका लागि खेल्न लागेका हुन्। त्यस्तै अर्को प्लेअफमा पाकिस्तान र सामोआ पनि खेल्दै छ ।
विश्वकपको सुपर सिक्सको समुह एकमा भारत, अस्ट्रेलिया, श्रीलंका, बंगलादेश, स्कटल्याण्ड र वेस्टइण्डिज रहेका छन् भने समुह २ मा दक्षिण अफ्रिका, इङल्याण्ड, अमेरिका, नाइजेरिया, आयरल्याण्ड र न्यूजील्याण्ड रहेका छन् ।














