काठमाडौं । नेकपा माओवादी माओवादी केन्द्र सम्वद्ध विद्यार्थी संगठन अखिल (क्रान्तिकारी)को नयाँ नेतृत्व चयनका लागि मतदान जारी छ । निर्धारित समयभन्दा केही ढिलो मतदान सुरु भएको हो ।

अहिले मतदान देशैभर जारी रहेको हिमाल शर्माले बताए । अखिलको अध्यक्षका लागि ४ जना चुनावी मैदानमा छन् । जसमा उपदेश यादव, विजयप्रकाश सापकोटा, हेमन्त राई र सुदिन पौडेल प्रतिस्पर्धामा छन् ।
उपत्यका विशेष प्रदेश र बागमती प्रदेशको मतदान काठमाडौंमा चलिरहेको छ भने अन्य प्रदेशमा प्रदेशस्तरमै मतदान भइरहेको छ ।
निर्वाचनबाट अध्यक्ष एक, उपाध्यक्ष ९, महासचिव १, उपमहासचिव ९, सचिव १२ र कोषाध्यक्ष एक गरी ३३ पदाधिकारी निर्वाचित हुनेछन्। मतदान बेलुका ६ बजेसम्म चल्ने जनाइएको छ ।














