
काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको बैठक आज (आइतबार) बस्दैछ । बैठक सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा आज दिउँसो २ बजे बस्ने भएको हो ।
संघीय संसद् अधिवेशन शुरु हुनुअघि आवश्यक रणनीति तय गर्न दलको बैठक बस्न लागेको कांग्रेस प्रमुख सचेतक श्याम घिमिरेले जानकारी दिए ।
उनका अनुसार बैठकमा सरकारले ल्याएका अध्यादेश, अधिवेशनमा प्रस्तुत हुने नयाँ विधेयक तथा यसअघि प्रस्तुत भएका विधेयक लगायत समसामयिक राजनीतिबारे पनि छलफल हुने छ । संसद्को हिउँद अधिवेशन यहि माघ १८ शुरु हुँदैछ ।














