Logo
Logo

भूमिसम्बन्धी अध्यादेशलाई समर्थन नगर्ने जसपा नेपालको निर्णय


3k
Shares

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले भूमिसम्बन्धी अध्यादेशलाई समर्थन नगर्ने निर्णय गरेको छ । मंगलबार सिंहदरबारमा बसेको संसदीय दलको बैठकले सरकारले ल्याएको विभिन्न ६ अध्यादेशमध्ये भूमिसम्बन्धी अध्यादेशलाई समर्थन गर्न नसक्ने निर्णय गरेको हो ।

बाँकी ५ वटा अध्यादेश अगाडि बढाउने सन्दर्भमा स्वीकृतिका लागि सकारात्मक रहने निर्णय भएको सांसद प्रकाश अधिकारीले जानकारी दिए । उपाध्यक्ष राजकिशोर यादव नेतृत्वको कार्यदलले तयार पारेको प्रतिवेदनको आधारमा भू–माफियाको प्रभाव बढ्न नदिन र जनताको पक्षका लागि यस्तो निर्णयमा पुगिएको उनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्