Logo
Logo

चक्रघट्टामा आज शोक बिदा


0
Shares

सर्लाही । मकवानपुरको भीमफेदी गाउँपालिका-६ चिसापानीगढीमा भएको माइक्रोबस दुर्घटनामा गाउँपालिकाका स्थानीय नागरिकको मृत्यु भएपछि सर्लाहीको चक्रघट्टा गाउँपालिकाले आज शुक्रवार शोक बिदा दिएको छ ।

The current image has no alternative text. The file name is: bhimfedi-ev-accident.jpg

गाउँपालिकाले सूचना जारी गर्दै दुर्घटनामा ज्यान गुमाएका नागरिकप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरेको छ ।

गाउँपालिका अध्यक्ष कृष्णकुमार यादवद्वारा जारी सूचनाअनुसार शुक्रवार गाउँ कार्यपालिकाको कार्यालय, वडा कार्यालय, स्वास्थ्य संस्थाबाहेकका नियमित सेवा प्रवाह हुने कार्यालय, सामुदायिक तथा संस्थागत विद्यालयलगायत गाउँपालिका क्षेत्रभित्रका सम्पूर्ण सरकारी तथा गैरसरकारी कार्यालयमा एक दिनका लागि शोक बिदा दिइएको छ ।

त्यस्तै, दुर्घटनामा ज्यान गुमाएका प्रत्येक मृतकका परिवारलाई गाउँपालिकाको तर्फबाट जनही ५० हजार रुपैयाँका दरले आर्थिक सहयोग उपलब्ध गराउने निर्णयसमेत गरिएको सूचनामा उल्लेख छ ।

मकवानपुरको भीमफेदीमा भएको उक्त दुर्घटनामा चक्रघट्टा गाउँपालिका–४ सुन्दरपुरका मात्रै एक गर्भवती महिलासहित १३ जनाको मृत्यु भएको छ । छठ पर्व मनाउन घर फर्किंदै गरेका आफन्तको मृत्यु भएपछि सुन्दरपुर गाउँ शोकमा डुबेको छ । 

दृष्टि न्युज

तपाईंको दृष्टिकोण

यस समाचारमा आफ्नो प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल सार्वजनिक गरिने छैन । प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ ।

0 / 2000