Logo
Logo

फ्रान्समाथि इटालीको शानदार जित


0
Shares

काठमाडौं । युइएफए नेसन्स लिगअन्तर्गत गएराति भएको खेलमा इटालीले फ्रान्सलाई ३-१ गोलले पराजित गरेको छ । घरेलु मैदान सान सिरोमा इटालीले सुरुवाती अग्रता लिएको फ्रान्सविरुद्ध उत्कृष्ट पुनरागमन गर्दै जित निकालेको हो ।

The current image has no alternative text. The file name is: itly.jpg

खेलको १०औँ मिनेटमा माइकल ओलिसेले गोल गर्दै फ्रान्सलाई अग्रता दिलाएका थिए । तर फ्रान्सको अग्रता लामो समय टिक्न सकेन । इटालीका फ्रान्सेस्को पियो एस्पोसिटोले २६औँ मिनेटमा गोल गर्दै खेललाई १-१ को बराबरीमा ल्याए ।

पहिलो हाफ बराबरीमा सकिएको खेलको दोस्रो हाफमा इटालीले थप दुई गोल गर्‍यो । ६३औँ मिनेटमा डेभिडे फ्राटेसीले गोल गर्दै इटालीलाई २-१ को अग्रता दिलाए ।

त्यसपछि ७५औँ मिनेटमा प्राप्त पेनाल्टीलाई पियो एस्पोसिटोले गोलमा परिणत गर्दै व्यक्तिगत दोस्रो गोल गरेपछि इटालीले ३-१ को जित सुनिश्चित गर्‍यो । खेलमा इटालीले एक पेनाल्टी अवसर गुमाएको थियो । इटालीका सेबास्टियानो एस्पोसिटोले ६०औँ मिनेटमा प्राप्त पेनाल्टीलाई गोलमा परिणत गर्न सकेनन् ।

यो हार फ्रान्सका प्रशिक्षक जिनेदिन जिदानका लागि पहिलो हार बनेको छ । फ्रान्सले यसअघि उनको प्रशिक्षणमा अपराजित यात्रा कायम राखेको थियो ।

यस जितसँगै इटाली समूह ‘ए’ को समूह १ मा १० अंकसहित शीर्ष स्थानमा उक्लिएको छ । समान १० अङ्क रहेको फ्रान्स भने गोल अन्तर नभई आपसी प्रतिस्पर्धाको नतिजाका आधारमा दोस्रो स्थानमा झरेको छ ।

इटालीले पछिल्लो पटक सन् १९६२ मा घरेलु मैदानमा फ्रान्सलाई पराजित गरेको थियो । ६४ वर्षपछि घरेलु मैदानमा फ्रान्समाथि जित निकाल्दै इटालीले महत्त्वपूर्ण उपलब्धि हासिल गरेको हो । इटालीले अब अन्तिम खेलमा बेल्जियमसँग प्रतिस्पर्धा गर्नेछ भने फ्रान्सले टर्कीसँग खेल्नेछ ।

दृष्टि न्युज

तपाईंको दृष्टिकोण

यस समाचारमा आफ्नो प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल सार्वजनिक गरिने छैन । प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ ।

0 / 2000