Logo
Logo

विद्यार्थीमाथि यातना दिनेलाई हदैसम्मको कारबाही गर्न मन्त्रालयको निर्देशन


882
Shares

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यार्थीमाथि यातना दिनेलाई हदैसम्मको कारबाही गर्न निर्देशन दिएको छ ।
विद्यार्थीमाथि गालामा तातो पन्युले डामेको तथा यातना दिएर विद्यार्थीको आँखा फुटेको घटनामा गम्भीर ध्यानाकर्षण भएको भन्दै मन्त्रालयले विद्यार्थीमाथि यातना दिनेलाई हदैसम्मको कारबाही गर्न अभिभावक, स्थानीय प्रशासन र सरोकारवालालाई निर्देशन दिएको हो ।

तनहुँको भिमादस्थित प्रभात एकेडेमी बोर्डिङका प्रिन्सिपलका छोरी तथा लेखापाल सुष्मा श्रेष्ठले काली भन्दै गिज्याएको निहुँमा तीनजना विद्यार्थीको गालामा तातो पन्युले डामेकी थिइन् । त्यस्तै नवलपरासी पश्चिमको एच पाठशालाकी शिक्षिका सन्जु चौधरीले लठ्ठीले हान्दा यूकेजीमा पढ्ने ६ वर्षीय प्रशान्त चौधरीको बायाँ आँखा फुटेको थियो ।

पछिल्ला दिनहरुमा शिक्षकबाटै विद्यार्थीहरु असुरक्षित रहेको भन्दै मन्त्रालयले विज्ञप्ति नै जारी गरेर यस्ता घटनामा गम्भीर ध्यानाकर्षण भएको भन्दै विद्यार्थीमाथि यातना दिनेलाई छानविन गरी हदैसम्मको कारबाही गर्न सम्बन्धित निकायलाई निर्देशन दिएको हो ।

यस्तै, मन्त्रालयले काठमाडौंको दक्षिणकाली र शंखरापुरमा स्कुल बस दुर्घटना भई विद्यार्थीको मृत्यु भएको घटनामा तत्काल छानबिन गर्न पनि प्रहरीलाई अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस्