Logo
Logo

ग्यास विस्फोटबाट घाइते भएका प्रदीप तामाङको मृत्यु


1k
Shares

काठमाडौं । काठमाडौंको कमलपोखरीस्थित शान्दार मःम पसलमा भएको ग्यास विस्फोटमा घाइते भएका प्रदीप तामाङको पनि मृत्यु भएको छ ।

काठमाडौं जिल्ला प्रहरी परिसरका अनुसार शुक्रबार दिउँसो साढे २ बजे उपचारका क्रममा दयपुरको उदयपुरगढी गाउँपालिका–७ घर भइ हाल काठमाडौं महानगरपालिका–२८ बस्ने २२ वर्षीय तामाङ एक जनाको मृत्यु भएको हो ।

उक्त विस्फोटमा परेर ११ जना घाइते भएका थिए । घाइतेमध्ये दुई जनाको गत सोमबार निधन भइसकेको छ । मकवानपुरको मनहरी गाउँपालिका–५ डिल्लीपुरका १८ वर्षीय रबिन राई र उदयपुरको कटारी नगरपालिका–८ गालटारका २५ वर्षीय भीम बहादुर घले मगर (नवीन) को उपचारका क्रममा यसअघि नै मृत्यु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्