Logo
Logo

मुलुकको समृद्धि एमालेको ध्येय : बादल


0
Shares

महोत्तरी । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ले मुलुकको समृद्धि नेकपा एमालेको ध्येय रहेको बताएका छन् । आज यहाँको गौशालामा पार्टीको जिल्लास्तरीय तीनमहिने वडाकेन्द्रित अभिमुखीकरण कार्यक्रमको उद्घाटन गर्दै उनले यसै ध्येयका लागि एमाले अहिले आधारभूत तहमै पार्टी सुदृढीकरण अभियानमा जुटेको बताए ।

आफ्नो दलसँग मुलुकको राष्ट्रिय स्वार्थ रक्षा र समृद्धिको सङ्कल्प रहेको उनको भनाइ थियो । आगामी निर्वाचनमा एमालेले तीनै तहका सरकारको बहुमतका साथ नेतृत्व गर्न सम्पूर्ण पार्टीपङ्क्तिलाई जनताको घरआँगन पुग्न परिचालित गरेको थापाले बताए ।

‘हामी जनतासँग एकाकार हुँदै अघि बढ्न निरन्तर अभियानमा छौँ । सम्पूर्ण पार्टीपङ्क्ति अहिले जनसम्बन्ध विस्तारमा जुट्नुहोस्’, उनले भने ।

कार्यक्रममा पार्टीका स्थायी कमिटी सदस्य तथा मधेस प्रदेश इञ्चार्ज लीलानाथ श्रेष्ठ, पार्टी केन्द्रीय सङ्गठन विभागका सचिव माधव ढुङ्गेलसहितका नेताले अहिलेको तीनमहिने अभियानबारे प्रकाश पारे ।

कार्यक्रममा पार्टीका पोल्युटब्यूरो सदस्य रामदलाल मण्डल, केन्द्रीय कमिटी सदस्य सरोजकुमार यादव र केन्द्रीय अनुशासन विभागका सदस्य दुर्गा दाहालसहितको उपस्थिति थियो ।

प्रतिक्रिया दिनुहोस्