Logo
Logo

भीम रावलले गरे १५ बुँदामा प्रधानमन्त्रीको आलोचना


2.9k
Shares

काठमाडौं । नेकपा एमालेका पूर्वनेता भीम रावलले प्रधानमन्त्री केपी शर्मा ओलीको कडा आलोचना गरेका छन् ।

मंगलबार बिहान १५ बुँदामा वक्तव्य जारी गरी नेता रावलले एमाले अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीको कडा आलोचना गरेका हुन् ।

रावलले ओलीलाई फौज्दारी अभियोग र मुद्दा लागेका, गुण्डागर्दी र अनैतिक क्रियाकलापमा रहेकाहरूलाई संरक्षण गरेको, आलोचना र टिप्पणी गर्ने तथा राष्ट्रिय हितमा आवाज उठाउनेलाई ’कारबाही’को डण्डा चलाउने, भूमाफिया, दलाल र बिचौलियाहरूको स्वार्थ पूरा गर्न अध्यादेश ल्याएकोलगायत आरोप लगाएका छन् ।

यस क्रममा उनले प्रतिनिधि सभाको प्रश्नोत्तर कार्यक्रममा सांसदहरूका प्रश्नहरूको उचित उत्तर दिनुको साटो आक्रोश पोख्दै संसदीय अभ्यासको नै खिल्ली उडाएको आरोप पनि लगाएका छन्।

दृष्टि न्युज

तपाईंको दृष्टिकोण

यस समाचारमा आफ्नो प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल सार्वजनिक गरिने छैन । प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ ।

0 / 2000