Logo
Logo

दुर्घटनामा घाइते भएका बाराका सिडिओ भट्टराईलाई काठमाडौं ल्याइयो


- दृष्टि न्युज/संवाददाता



काठमाडौं, १३ माघ ।
सडक दुर्घटनामा गम्भीर घाइते भएका बाराका प्रमुख जिल्ला अधिकारी गणेश भट्टराईलाई थप उपचारका लागि काठमाडौँ ल्याइएको छ। हेलिकोप्टरमार्फत उनलाई काठमडौं ल्याइएको हो ।
शनिबार प्रमुख जिल्ला अधिकारी भट्टराई चढेको ना १ झ १६३३ नम्बरको स्कार्पियो सर्लाहीबाट कलैयातर्फ आउने क्रममा शनिबार राति ८ बजेर १५ मिनेटमा पूर्वपश्चिम राजमार्गको पसाह खोला पुल नजिकै दुर्घटनामा परेको थियो।

दुर्घटनामा गम्भीर घाइते भएपछि तत्काल उपचारका लागि वीरगञ्ज हेल्थकेयर अस्पतालमा भर्ना गरिएकामा उनलाई थप उपचारका लागि हेलिकोप्टरबाट काठमाडौँ पठाइएको नायव उपरीक्षक रञ्जितसिंह राठौरले जानकारी दिए। उनको टाउकोमा गम्भीर चोट लागेपछि हिजै शल्यक्रिया गरिएको थियो।काठमाडौंमा उनलाई ग्रान्डि अस्पतालमा भर्ना गरिएको छ ।
उनी सवार स्कार्पियो ट्र्याक्टरसँग ठक्कर खाँदा सशस्त्र प्रहरी बलका उपरीक्षक बलराम पोखरेलको घटनास्थलमै निधन भएको थियो। उनको शवलाई काठमाडौँ पठाइसकिएको बारा प्रहरीले जनाएको छ। उक्त दुर्घटनामा जिप चालक र दुई सुरक्षाकर्मी पनि घाइते भएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्