Logo
Logo

ओलीको प्रतिवेदन- नेतृत्व छोड्दै नछोड्ने


0
Shares

काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले कुनै हालतमा पार्टीको नेतृत्व नछोड्ने आसयसहितको राजनीतिक प्रतिवेदन ल्याएका छन् । सोमबारबाट ललितपुरमा सुरु भएको पार्टीको केन्द्रीय कमिटी बैठकमा अध्यक्ष ओलीले पार्टी संकटमा रहेको भन्दै कुनै पनि हालतमा अहिले नेतृत्व नछाड्ने अडानसहितको राजनीतिक प्रतिवेदन पेश गरेका हुन् ।

उनले बिरामी देखेर चिकित्सकले अस्पताल र बालीमा रोग देखेर किसानले खेत नछोडेजस्तै सङ्कटका बेला नेतृत्वले पार्टीलाई अलपत्र पार्न नमिल्ने जिकिर प्रतिवेदनमा गरेका छन् । ओलीले राष्ट्रिय राजनीतिदेखि पार्टी भित्रका समस्या र आगामी कार्यभार सम्मका धारणा समेटेर ल्याएको प्रतिवेदनमा इतिहासमा पार्टी कसरी पुनर्गठन भएका थिए भन्ने दृष्टान्त समेत पेश गरेका छन् ।

केशरजंग रायमाझीको दरबार प्रवेश देखि झापा आन्दोलन देखि २०७५ साल सम्म विगतका तीनवटा पुनर्गठनका घटनालाई सन्दर्भमा ल्याएर उनले अहिलेको अवस्था त्यस्तो त्यस्तो नभएको उल्लेख गरेका छन् ।

‘के हो पुनर्गठन ? कस्तो अवस्थामा हुन्छ ? के नेतृत्व विस्थापन गर्ने कुरालाई पुनर्गठन भनिन्छ ? हाम्रो धारको आन्दोलनमा कति पल्ट र कहिले कहिले पुनर्गठन भएको छ भन्ने कुरा हामीले राम्ररी बुझ्न जरुरी छ । पार्टी पुनर्गठन कुनै रहर वा लहडको विषय होइन’ ओलीको प्रतिवेदनमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्