
काठमाडौं । अन्तर्राष्ट्रिय महिला फुटबल च्याम्पियनसिपको आफ्नो दोस्रो खेलमा नेपालले आज लेबनानसँग प्रतिस्पर्धा गर्दैछ ।
खेल दशरथ रगशालामा साँझ ६ बजेबाट सुरु हुनेछ । पहिलो खेलमा कीर्गिस्तानविरुद्ध कठिन जित निकालेको नेपाल लेबनानविरुद्धको खेलबाट लयमा फर्किने लक्ष्यसहित मैदानमा हुनेछ ।
फिफाको महिला वरियतामा नेपाल १०३ र लेबनान १३४औं स्थानमा छन्। यी दुईबीच एक पटक खेल भएकोमा नेपालले जितेको छ । गत वर्ष साउदी अरेवियामा भएको वाफ महिला च्याम्पियनसिपको सेमिफाइनलमा लेबनानलाई २–१ गोलले हराउँदै नेपाल फाइनल पुगेको थियो ।














