
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको भारत भ्रमण रद्द भएको छ । शुक्रबार र शनिबार प्रयागराजमा हुने ‘कुम्भ ग्लोबल समिट अन डेभलपमेन्ट एण्ड सस्टेइनबेलीटी’ कार्यक्रममा वक्ताको रुपमा सहभागी हुन उनी आज भारत जाने तयारीमा थिए ।
तर अन्तिम समयमा देउवाको भारत भ्रमण स्थगित भएको कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । उद्यपी उनले भ्रमण रद्द हुनुको कारण भने खुलाएनन् ।














