Logo
Logo

केपी ओली कप हेर्न इटालियन लेजेन्ड बुफोन नेपाल आउँदै


567
Shares

काठमाडौं । इटालियन लेजेन्ड जियानलुइजी बुफोन नेपाल आउने भएका छन् । उनी यही फागुन ११ देखि १९ गतेसम्म काठमाडौंमा हुने ‘केपी ओली कप’ काे तेस्रो संस्करण हेर्न नेपाल आउन लागेका हुन् । यद्यपी उनी आउने समय भने तय भइसकेको छैन ।

केपी‌ ओली कपको आयोजक युवा संघ नेपालका प्रवक्ता निरोज पौडेलले बुफोन नेपाल आउने निश्चित भएको तर समय भने तय भइनसकेको जानकारी दिए । प्रतियोगिताको फाइनल खेल दौरान बफोन काठमाडौं आउने सम्भावना देखिन्छ ।

सन् २००६ मा फ्रान्सलाई हराएर फिफा विश्वकप जितेका बफोनले कीर्तिमानी १७६ अन्तर्राष्ट्रिय खेल खेलेका छन् । उनी सर्वाधिक अन्तर्राष्ट्रिय खेल खेल्ने गोलकिपर हुन् । १७६ अन्तर्राष्ट्रिय खेलमा प्रतिनिधित्व गरेका उनले इटलीका लागि ८० खेलमा कप्तानी समेत गरेका थिए ।

सन् १९९७ मा अन्तर्राष्ट्रिय फुटबलमा डेब्यू गरेका बफोनले सन् २०१८ मा सन्न्यास लिएका थिए । व्यावसायिक फुटबलबाट भने सन् २०२३ मा सन्न्यास लिएका थिए ।

प्रतिक्रिया दिनुहोस्