Logo
Logo

प्यूठानमा घरभित्रै रामबहादुर दम्पतीको हत्या


756
Shares

काठमाडौं । प्यूठानमा एक दम्पती आफ्नै घरभित्र मृत अवस्थामा फेला परेका छन् । माण्डवी गाउँपालिका–२ स्थित रातामाटेमा ६० वर्षीय रामबहादुर परियार र उनकी ५६ वर्षीया श्रीमती हुकुमा शनिबार दिउँसो आफ्नै घरभित्र मृत अवस्थामा भेटिएका हुन् ।

प्यूठानका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक दिपेश बस्यालले परियार दम्पतिको हत्या भएको हुनसक्ने बताए । उनका अनुसार उनीहरुको शरीरमा घाउ र चोटका निशानहरू देखिएका छन् । त्यसैले उनीहरुको मृत्यु प्रहरीले नै रहस्मय भनेको छ ।

मृतक दम्पती घरमा एक्लै बस्दै आएका थिए । उनीहरूका चार छोरा भारतमा बस्दै आएका छन् भने तीन छोरी विवाहित भई दाङतिर बस्दै आएकी थिइन् । घटनास्थलमा स्थानीयसँग सोधपुछ भइरहेको र मृतकको शव परीक्षणका लागि पठाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्