Logo
Logo

भरूवा बन्दुकसहित समातिए मनबहादुर


756
Shares

काठमाडौं । कास्कीमा २ थान भरूवा बन्दुकसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा माछापुच्छ्रे गाउँपालिका–८ लुम्रेपाखाका मन बहादुर बिक रहेका छन् ।

उनलाई शनिबार दिउँसो वडा प्रहरी कार्यालय बगरबाट खटिएको प्रहरीले भरूवा बन्दुक २ थान र बारूद सहित पक्राउ गरेको हो ।

कास्की प्रहरीले घर तलासी गर्ने क्रममा भरूवा बन्दुक २ थान र बारूदसहित शनिबार दिउँसो मनबहादुरलाई पक्राउ गरिएको जानकारी दिएको छ । यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्