Logo
Logo

सरकार असफल भएको भन्दै माओवादीले माग्यो प्रधानमन्त्रीको राजीनामा


2.1k
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटाले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग गरेका छन् ।

आजको प्रतिनिधिसभा बैठकमा आकस्मिक समयमा बोल्दै सांसद सापकोटाले नेपाल अन्तर्राष्ट्रिय संस्था फाइनान्सियल एक्सन टास्क फोर्स (एफएटीएफ)को ग्रे लिस्टमा पर्नु सरकारको असफलता भन्दै मार्ग प्रशस्त गर्न माग गरेका हुन् ।

उनले सरकारको अकर्मण्यता र वित्तीय क्षेत्रमा सुधार गर्ने अठोटको अभावका साथै सुशासनप्रतिको उपेक्षाका कारण नेपाल लज्जाजनक अवस्थामा पुगेको बताए । यस घटनाले सरकार सम्पूर्ण रूपमा असफल भएको संकेतका रूपमा लिनुपर्ने उनको भनाइ छ ।

सरकारप्रति विश्वास र भरोसा नरहेकाले देशको इज्जत प्रतिष्ठाको रक्षाका लागि प्रतिनिधिसभाले गम्भीरतापूर्वक विशेष महत्वका रूपमा दिन पनि उनले ध्यानाकर्षण गराए ।

प्रतिक्रिया दिनुहोस्