Logo
Logo

सामाजिक सञ्जालमा आतंक फैलाएका ७ जना मुद्दा नचली छुटे


3.1k
Shares

काठमाडौं । सामाजिक सञ्जालमार्फत आतंक फैलाएको आरोपमा पक्राउ परेका ७ जना मुद्दा नचली छुटेका छन् । सरकारी वकिल कार्यालयले मुद्दा नचल्ने निर्णय गरेसँगै सातै जना रिहा भएको प्रहरीले जानाएको छ ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले सामाजिक सञ्जालमार्फत आतंक फैलाउँदै गुन्डागर्दी गरेको आरोपमा २३ माघमा सात जनालाई पक्राउ गरेको थियो ।

त्यतिबेला प्रहरीले धादिङको गल्छीका २९ वर्षीय रोमन आले, तनहुँको भानु नगरपालिका–७ का ३६ वर्षीय मनोहर थापा मगर, गोरखाको आरुघाट नगरपालिका–७ का २७ वर्षीय सुमन पराजुली, काभ्रेको रोशी गाउँपालिका–७ का २६ वर्षीय रोशन तामाङ, तनहुँकै भानु–११ का ३९ वर्षीय गुणबहादुर गुरुङ, गोरखाको आरुघाटका २९ वर्षीय पदमबहादुर मगर र दोलखाको बैतेश्वर गाउँपालिका–३ का ३९ वर्षीय गोपाल मोक्तान पक्राउ परेका थिए ।

उनीहरूले १०/१५ जनाको समूह बनाई खुकुरी, तरबारले केक काट्ने, मसल प्रदर्शन गर्ने र त्यसको भिडियो बनाई टिकटकमा पोस्ट गर्ने गरेका थिए । यस्ता पोस्टले सामाज अशान्ति फैलने भन्दै प्रहरीले कारबाही सुरु गरेको जनाएको थियो ।

प्रतिक्रिया दिनुहोस्