Logo
Logo

म्यानमारविरूद्ध खेल्ने नेपाली टोलीमा तीन परिवर्तन


1.4k
Shares

काठमाडौं । अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपअन्तर्गत आझ साँझ छ बजे म्यानमारविरूद्ध खेल्न नेपाली टोलीमा तीन परिवर्तन गरिएको छ ।

नियमित कप्तान तथा गोलकिपर एन्जिला तुम्बापोको स्थानमा अन्जना रानामगरलाई मौका दिइएको छ। रेनुका नगरकोटीलाई कप्तानी दिइएको छ।

यस्तै विमला चौधरीको स्थानमा मिडफिल्डर सरू लिम्बुलाई खेलाइएको छ। यस्तै रेखा पौडेलको स्थानमा रश्मिकुमारी घिसिङ प्लेइङ-११ मा छिन्।

नेपाली टोली
गोलकिपर : अन्जना रानामगर
डिफेन्डर : पूजा राना, गीता राना, विमला विक, समिक्षा घिमिरे।
मिडफिल्डर : प्रिति राई, सरु लिम्बू, रेनुका नगरकोटी (कप्तान)
फरवार्ड : सावित्रा भण्डारी साम्बा, सविता रानागर, रश्मिकुमारी घिसिङ।

प्रतिक्रिया दिनुहोस्