Logo
Logo

मन्त्रिपरिषद बैठक बस्दै, हटाइएलान् कुलमान ?


4.1k
Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका छन् । आज साँझ ५ बजे प्रधानमन्त्री निवास, बालुवाटारमा बस्ने गरी बैठक बोलाइएको हो ।

बैठकमा मन्त्रालयका नियमित एजेन्डाका विषयमा छलफल हुने बताइएको छ । साथै ऊर्जामन्त्री दीपक खड्काले विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाउने प्रयास गरिरहेका छन् ।

उनले कुलमान हटाउने प्रस्ताव मन्त्रिपरिषदमा लगिसकेको स्रोत बताउँछ । आजको बैठकमा यस विषयमा पनि छलफल हुन सक्ने बुझिएको छ ।

प्रतिक्रिया दिनुहोस्