
काठमाडौं । कैलालीमा भ्यानको ठक्करबाट एक बालकको मृत्यु भएको छ । सुदूरपश्चिम प्रदेश ०१–००१ च ३७४७ नम्बरको यात्रुवाहक भ्यानले ठक्कर दिँदा लम्कीचुहा नगरपालिका–५ का पाँच वर्षीय जेनिश बिष्टको ज्यान गएको हो ।
भ्यानको ठक्करबाट गम्भीर घाइते भएका बालकलाई उपचारका लागि लालरत्न अस्पतालमा पु¥याइएको थियो । उपचारका क्रममा बालकको सोमबार राति मृत्यु भएको कैलालीका प्रहरी प्रवक्ता डीएसपी कबिन्द्रसिंह बोहराले जानकारी दिए ।
प्रहरीले भ्यानसहित अछामको मङ्गलसेन नगरपालिका–४ घर भएका २३ वर्षीय चालक भोजराज केसीलाई नियन्त्रणमा लिएको छ ।














