
काठमाडौं । धादिङको गल्छीमा ट्याङ्कर दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । आदमघाटबाट गुप्तेश्वर मन्दिरमा पानी लिएर जाँदै गरेको बा.प्र ०१–००४ क ३३५२ नं.को पानी ट्याङकर दुर्घटना हुँदा २ जनाको मृत्यु भएको हो ।
मृत्यु हुनेहरुमा गुजुरी–६ कै १८ वर्षीय प्रशान्त चेपाङ र सोही ठाउँका २० वर्षीय जयराम चेपाङ रहेको जिल्ला प्रहरी कार्यालय धादिङका डीएसपी सुवास हमालले जानकारी दिए । गम्भीर घाइते भएका उनीहरुको प्राथमिक स्वास्थ्य केन्द्र गजुरीमा मृत्यु भएको
हो ।
दुर्घटनामा अन्य २ जना गम्भीर घाइते भएका छन् । घाइते हुनेमा गजुरी गाउँपालिका–६ का १९ वर्षीय सिरिश चेपाङ र सोही ठाउँका १७ वर्षीय सुरेश चेपाङ रहेको प्रहरीले जनाएको छन् । उनीहरुलाई थप उपचारका लागि काठमाडौं रिफर गरिएको छ । ट्याङकर ब्याक गर्ने क्रममा सडकबाट ५०० मिटर तल खसेको प्रहरीले जनाएको छ ।














