
काठमाडौं । अन्तर्राष्ट्रिय महिला फुटबल च्याम्पियनसिपको फाइनल खेल हेर्न प्रधानमन्त्री केपी शर्मा ओली रंगशाला जाने भएका छन् । साँझ ६ बजे नेपाल र म्यानमारबीच हुने फाइनल खेल हेर्न उनी दशरथ रंगशाला जाने भएका हुन् ।
४ राष्ट्र सम्मिलित प्रतियोगितामा दुवै टोली अपराजित रहँदै फाइनलमा पुगेका हुन् । दुवैले लेबनान र किर्गिस्तानलाई हराउँदा एकअर्कासँग बराबरी खेलेका थिए ।














