Logo
Logo

‘गोल्ड कार्ड’ भिसा बाँड्ने ट्रम्पको घोषणा, मूल्य ५० लाख डलर


4.4k
Shares

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नयाँ भिसा कार्यक्रम सुरु गरेका छन् ।

अमेरिकी सत्ता सम्हालेसँगै उनले ‘ट्रम्प गोल्ड कार्ड’ नामक नयाँ भिसा कार्यक्रम सुरु गरेका हुन् । ट्रम्पले मंगलबार धनी विदेशीहरूलाई गोल्ड कार्ड बिक्री गर्ने घोषणा गरेका हुन् । ५० लाख डलर अर्थात् झन्डै ७० करोड नेपाली रुपैयाँ तिरेपछि यो भिसा कार्ड पाइने उनले बताए ।

ट्रम्पका अनुसार गोल्ड कार्ड बिक्री दुई हप्ताभित्र सुरु हुनेछ र लाखौं कार्ड बिक्री हुन सक्ने अनुमान गरिएको छ । यो भिसा पाएपछि उनीहरुको नागरिकता पाउने बाटो खुल्ने मात्र होइन, त्यहाँ बस्न र काम गर्न अनुमतिसमेत पाउनेछन् ।

‘हामी गोल्ड कार्ड बिक्री गर्दैछौं,’ ट्रम्पले भने, ‘तपाईंहरूसँग ग्रिन कार्ड छ, तर यो गोल्ड कार्ड हुनेछ। हामी यसको मूल्य ५० लाख डलर तोक्नेछौं, जसले ग्रिन कार्डका विशेषाधिकारहरू प्रदान गर्नेछ र नागरिकता प्राप्त गर्ने बाटो खोल्नेछ। धनाढ्य व्यक्तिहरू यो कार्ड किनेपछि हाम्रो देशमा आउनेछन्।’

प्रतिक्रिया दिनुहोस्