Logo
Logo

सुदूरपश्चिमका माओवादी सांसदले प्रचण्डलाई टेरेनन्


6.2k
Shares

काठमाडौैं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुदूरपश्चिम प्रदेश संसदीय दलको नेता खगराज भट्टलाई बनाउने पार्टीको निर्णय कार्यान्वयन गर्न निर्देशन दिएका छन् ।

बुधबार आफ्नै निवास खुमलटारमा सुदूरपश्चिमका सबै प्रदेश सभा सदस्यहरुलाई बोलाएर छलफल गरेका प्रचण्डले भट्टलाई दलको नेता बनाउने निर्णय जसरी पनि कार्यान्वयन गर्न निर्देशन दिएका हुन् ।

गत वर्ष १२ माघदेखि माओवादी केन्द्र सुदूरपश्चिम प्रदेश संसदीय दलको नेतामा विवाद छ । १२ माघ २०८० मा माओवादी केन्द्रका बहुमत प्रदेश सभा सदस्यहरुले खगराजलाई हटाउदै दलको नेतामा मानबहादुर धामीलाई चयन गरेका थिए ।

तर, पार्टी केन्द्रले भट्टलाई दलको नेता बनाउन निर्णय गर्दै पटक–पटक कार्यान्वयन गर्न निर्देशन दिएको थियो । तर बहुमत प्रदेश सभा सदस्यले उक्त निर्देशनको अवज्ञा गर्दा अहिलेसम्म कार्यान्वयन हुन सकेको छैन ।

बुधबारको छलफलमा प्रचण्डले भट्टलाई दलको नेता बनाउन समय नै तोकिदिएका छन् । उनले २० फागुनमा आफू सुदूरपश्चिम आइरहेको बताउँदै त्यतिबेलासम्म भट्टलाई दलको नेता बनाइसक्न पाँचौ पटक निर्देशनै दिएका छन् ।

२० फागुनमा टीकापुरमा हुने थारु राष्ट्रिय मुक्ति मोर्चाको राष्ट्रिय सम्मेलनमा सहभागी हुन प्रचण्ड कैलाली जााँदैछन । त्यो भन्दा अगाडि नै दलको नेतामा खगराजलाई पुनःस्थापित गर्न निर्देशन दिएपछि सुदूरपश्चिमका प्रदेश सांसदहरु दबाबमा परेका छन् ।

प्रतिक्रिया दिनुहोस्