Logo
Logo

ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार महिलाको मृत्यु


252
Shares

काठमाडौं । पूर्वपश्चिम राजमार्गअन्तर्गत कञ्चनपुर शुक्लाफाँटामा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । वनसमितिमा आज बिहान बा०१००६ख ३५३७ नम्बरको ट्रकले पछाडिबाट ठक्कर दिँदा मोटरसाइकलमा सवार भीमदत्त नगरपालिका–१८ की ३० वर्षीया निर्मला बोहराको मृत्यु भएको हो ।

ट्रकको ठक्करबाट गम्भीर घाइते भएकी बोहराको उपचारका क्रममा महाकाली प्रादेशिक अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा मोटरसाइकल चालक भीमदत्त नगरपालिका–१८ का ३० वर्षीय महिमान विष्ट घाइते भएका छन् । ट्रक चालकलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्