Logo
Logo

इलाममा पिकअप भ्यान दुर्घटना हुँदा १५ जना घाइते


441
Shares

इलाम । इलामको माई नगरपालिका-१ पाल्टार माईखोला पुल नजिकै पिकअप दुर्घटना भएको छ। प्रहरीका अनुसार बिहीबार अपराह्न दुर्घटना हुँदा कम्तीमा १५ जना घाइते भएका छन् ।

दुर्घटनामा घाइते भएकाहरूलाई माई अस्पतालमा उपचार पश्चात् थप उपचारका बिर्तामोड तर्फ लगिएको प्रहरीले जनाएको छ । महमाईबाट दानाबारीतर्फ नेपाल मगर संघको एक कार्यक्रमबाट आउँदै गरेका सहभागी लिएर आएको प्रदेश १–०२–००२च ४१९२ नम्बरको पिकअप भ्यान दुर्घटनामा परेको हो ।

दुर्घटनामा परेका घाइतेहरू मध्ये ८ जनालाई थप उपचारका लागि बिर्तामोडतर्फ लगिएको छ । घाइतेहरू माई नगरपालिका– ७ का बासिन्दा भएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्