Logo
Logo

राष्ट्रिय मुक्ति पार्टीले ४५ दिने संगठन विस्तार अभियान सञ्चालन गर्ने


693
Shares

काठमाडौँ । राष्ट्रिय मुक्ति पार्टीका अध्यक्ष राजेन्द्र महतोले प्रधानमन्त्री केपी शर्मा ओलीमा एकल नस्लवादी सोच रहेको बताएका छन् ।

पार्टीको केन्द्रीय समितिको बैठकपछि बिहीबार आयोजित पत्रकार सम्मेलन गर्दै अध्यक्ष महतोले ओलीको यस्तो प्रवृत्तिविरुद्ध आन्दोलन हुने समेत बताए ।

उनले ओलीको एकल नस्लवादी सोच भएकै कारण पहिचानवादीले आफ्नो अधिकारी नपाएको बताए । यसको विरुद्धमा आन्दोलन हुने र त्यसका लागि संयुक्त पहल आवश्यक भएको उनको भनाइ छ ।

त्यस्तै, बैठकले संगठन विस्तार अभियान सञ्चालन गर्ने गरेको छ । संगठन बिस्तार, प्रशिक्षण तथा अर्थ संकलनको ४५ दिने अभियान सञ्चालन गर्न लागिएको उनले बताए। पार्टीलाई विभिन्न अभियानमार्फत स्थानीयस्तरमा संगठित बनाइने उनको भनाइ छ ।

अध्यक्ष महतोले विचार मिल्ने पार्टीसँग एकता र एकीकरणका लागि वार्ता भइरहेको समेत बताए ।

प्रतिक्रिया दिनुहोस्