Logo
Logo

आमालाई चिर्पट र नगर प्रहरीलाई छुरा हान्ने भुजेल पक्राउ


1.7k
Shares

काठमाडौं । काभ्रेमा आफ्नै आमालाई चिर्पट र नगर प्रहरीलाई छुरी हान्ने एक जना पक्राउ परेका छन् ।

मादक पदार्थ खाएर ५० वर्षीया आमा सुनमायालाई चिर्पट र नगर प्रहरी स्थानीय ३० वर्षीय पाल्साङ लामालाई छुरी प्रहार गर्ने खानिखोला– ५ घर भएका २८ वर्षीय विकास भुजेललाई पप्रहरीले पक्राउ गरेको हो ।

आइतबार चिर्पटले टाउकोमा प्रहार हुँदा सुनमाया घाइते भएकी छन् । उनलाई प्राथामिक स्वास्थ्य केन्द्र तालढुंगामा उपचारका लागि लगिएको छ ।

त्यस्तै खानिखोला गाउँपालिकामा कार्यरत नगर प्रहरी पाल्साङ लामालाई पनि छुरी प्रहार गरेका जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।

नगर प्रहरी लामालाई गाउँपालीकाको गेटमै छुरी प्रहार भएको हो । छात्ती र ढाडको बायाँ पट्टी छुरी प्रहार हुँदा लामा गम्भीर घाइते भएका छन् ।

उनको धुलिखेल अस्पतालमा उपचार भइरहेको छ । भुजेललाई छुरीसहित पक्राउ गरेर थप कारबाही प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्