
काठमाडौं । संखुवासभाको खाँदबारीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । खाँदबारी नगरपालिका–९ तुम्लिङटारमा गएराति मोटरसाइकल दुर्घटना हुँदा प्युठानको स्वर्गद्धारी नगरपािलका –१ निवासी २६ वर्षीय एकम अधिकारीको मृत्यु भएको हो ।
उनी संखुवासभाको हाइड्रोपावरमा कार्यरत थिए । अधिकारी मोटरसाइकलको पछाडि सवार थिए । उनी निर्माणाधिन पिलुवाखोला हाइड्रोपावरका मजदुर भएको प्रहरीले जनाएको छ ।
मोटरसाइकल दुर्घटनामा गम्भीर घाइते भएका उनको आज बिहान उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनापछि प्रहरीले मोटरसाइकल चालक धर्मदेवी नगरपालिका– ६ का २५ वर्षीय आकाश जिमीलाई पक्राउ गरेको छ ।














