
काठमाडौं । नेपाल विद्यार्थी संघ (नेविसंघ) ले स्ववियु निर्वाचन तयारीका लागि १४ समिति गठन गरेको छ । नेविसंघले विज्ञप्ति जारी गर्दै ५ चैतमा हुने स्ववियु निर्वाचनमा प्रत्यक्ष र समानुपातिकतर्फ नेविसंघका उम्मेदवारलाई जिताउन समितिहरु गठन गरिएको जानकारी दिएको हो ।
जसअनुसार प्रचार–प्रसार समितिमा यङ्जोर कार्की, घोषणापत्र तयारी समितिमा विकल राई, स्ववियु निर्वाचन सारक्षरता र अभिमुखीकरण समितिमा सुशान्त आचार्य, अन्तर विद्यार्थी संगठन समन्वय समितिमा पंकजकुमार क्षेत्रीलाई संयोजक तोकिएको छ ।
प्रत्येक समितिमा एक सदस्य सचिव रहने व्यवस्था गरिएको नेविसंघका अध्यक्ष दुजाङ शेर्पाले जानकाारी दिएका छन् ।
१४ समितिका संयोजकहरु-















