Logo
Logo

सप्तरीमा गोदाम घरमा प्रहरीको छापा, २४ क्विन्टल गाँजा बरामद


1.4k
Shares

सप्तरी । सप्तरी प्रहरीले राजविराज नगरपालिका–९ मलेठबाट ठूलो मात्रामा लागूऔषध गाँजा र अन्य अवैध सामान बरामद गरेको छ। सोमबार प्रहरीले २४ क्विन्टल १९.५ किलोग्राम लागूऔषध गाँजा, १४२ कार्टुन स्याउ तथा हार्डवेयर सामग्री बरामद गरेको हो ।

मधेस प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसएसपी शान्तिराज कोइरालाका अनुसार गोप्य सूचनाका आधारमा सप्तरीका प्रमुख जिल्ला अधिकारी र जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक, तथा सशस्त्र प्रहरी बल नेपालका सशस्त्र प्रहरी उपरीक्षकको नेतृत्वमा विशेष टोली परिचालन गरी छापा मारेको थियो ।

गोदाम घरको बाहिरी गेटमा ताल्चा लगाएको अवस्थामा गोदामको कम्पाउन्डभित्र दुई ट्रकमा पल्टी गरिएका १४२ कार्टुन स्याउ समेत बरामद भएको छ ।

त्यस्तै, घटनास्थलबाट बीआर शून्य जेबी ९७३५ नम्बरको सेतो स्कारपियो, डब्लु बी ७४ एम १५५८ नम्बरको मारुती कार खाली अवस्थामा फेला परेको छ ।

गोदाम घरको स्वामित्वबारे स्पष्ट जानकारी नभए पनि प्रहरीले सम्बन्धित व्यक्तिहरूको खोजी तथा थप अनुसन्धान कार्य जारी राखेको जनाएको छ।

दृष्टि न्युज

तपाईंको दृष्टिकोण

यस समाचारमा आफ्नो प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल सार्वजनिक गरिने छैन । प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ ।

0 / 2000