Logo
Logo

मेलम्चीको पाइप फुट्नुमा फेरि विद्युत् प्राधिकरणमाथि थुपारियो दोष


1k
Shares

काठमाडौं । मेलम्ची खानेपानी आयोजना निर्देशनालयले थापाथलीमा पाइप फुट्नुमा विद्युत् प्राधिकरण दोषी रहेको जनाएको छ । 

प्राधिकरणले विद्युतको तार अन्डरग्राउन्ड गर्नेबेला मेलम्चीको खानेपानीको पाइपमा क्षति पुग्न गई अहिले पाइपको क्षति पुगेको भाग फुटेको जनाएको हो । 

आयोजनाका प्रवक्ता चन्द्रकुमार श्रेष्ठका अनुसार बिहान ५ः २० मा पाइप फुट्दा करिब ४ लाख लिटर पानी खेर गएको थियो । आसपासमा पसलमा पानी पसेको थियो ।
 
गत माघ ३० गते बुधबार बबरमहलमा पनि विद्युत् प्राधिकरणले खानेपानीको पाइप फुटाउँदा सडक, आसपासका सरकारी कार्यालय र निजी घर डुबानमा परेका थिए ।  

त्यतिबेला केयूकेएलले विद्युत् प्राधिकरणलाई दोषी देखाउँदै आफैँ मर्मत सम्भार गरेको थियो ।
   
आयोजना निर्देशनालयले आफूहरूसँग प्राधिकरणले समन्वय नगरेको र मनोमानी तरिकाले विद्युत्‌का तार बिच्छ्याउने गरेको आरोप लगाएको छ । 

हाल ब्लास्ट भएको पाइप मर्मत सम्भारको काम भइरहेको छ । 

प्रतिक्रिया दिनुहोस्