
काठमाडौं । संघीय संसदअन्तर्गत आाज सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्दै छ । बैठक बिहान ११ बजे बस्ने भएको हो ।
बैठकमा राष्ट्रिय निकुञ्जहरूसँग सम्बन्धित नीतिगत समस्या समाधानको सम्बन्धमा सरोकारवालासँग छलफल गर्ने कार्यसूची छ ।
छलफलका लागि अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्रका महानिर्देशक र विश्व वन्यजन्तु कोष नेपालका निर्देशकलाई बैठकमा बोलाइएको छ ।
यस्तै सामुदायिक वन उपभोक्ता महासंघ, नेपालका अध्यक्ष, राष्ट्रिय प्रकृति संरक्षण कोषका सदस्य सचिवलगायतलाई बोलाइएको संसद् सचिवालयले जनाएको छ ।














