Logo
Logo

खैरो हेरोइनसहित कलंकीबाट ४ जना पक्राउ


1.4k
Shares

काठमाडौं । सशस्त्र प्रहरीले काठमाडौंको कलंकीबाट खैरो हेरोइनसहित ४ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा धादिङ घर भएका २२ वर्ष र २७ वर्षका युवा, नुवाकोट घर भएका २७ वर्षीय युवक र काठमाडौँ घर भएका ३७ वर्षका पुरुष रहेकाछन् ।

सशस्त्रका प्रवक्ता कुमार न्यौपानेले ब्राउन सुगर बेचविखन गरिरहेको अवस्थामा ३४ ग्राम खैरो हेरोइनसहित उनीहरुलाई बरामद गरिएको जानकारी दिए ।

सशस्त्रले उनीहरू सवार बा १५ च १७७३ नम्बरको क्रेटा गाडी र ८४५९ नम्बरको मोटरसाइकल पनि बरामद गरेको छ ।
नियन्त्रणमा लिइएकाहरुलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि प्रहरीलाई जिम्मा लगाएको सशस्त्रले प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्