काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका छन् । आज साँझ साढे ६ बजे प्रधानमन्त्रीको सरकारी निवासमा बस्नेगरी बैठक बोलाइएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

बैठकमा सरकारका नियमित कामकारबाहीबारे छलफल र निर्णय हुने बताइएको छ । आजको बैठकमा नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङबारे निर्णय हुनसक्ने एक मन्त्रीले जानकारी दिए ।














